चन्द्रागिरि वडा १५ ले कोरोना संक्रमितको घरमै निशुल्क अक्सिमिटर पुर्यादिने

612

चन्द्रागिरि नगरपालिका वडा न १५ मा कोरोना संक्रमितको घरमै निशुल्क अक्सिमिटर पुग्ने भएको छ । वडा अध्यक्ष उत्तमबहादुर राउतले कोरोना संक्रमितको घरमै निशुल्क अक्सिमिटर पुर्याउने निर्णय फेसबुक मार्फत जानकारी गराउनु भाको हो।

उहाँले कोरोना संक्रमिति भएर घरमै बसेका वडावासीमा सार्वजनिक अपिल गर्दै अक्जिनको मात्रा ९२ भन्दा तल भए अस्पताल जान पनि सुझाव दिनुभएको छ । अक्सिमिटरका लागि वडा कार्यालयको ०१-४३१५००९ नम्बरमा फोन गर्न सकिनेछ ।