
काठमाडौं –बिहिबार चन्द्रागिरि नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। चन्द्रागिरि नगरपालिकाका प्रवक्ता/ वडा न ११ का वडा अध्यक्ष हरि भक्त महर्जनका अनुसार चन्द्रागिरिमा संक्रमितको संख्या ३४ पुगेको हो।
साथै संक्रमण पुष्टि भएकामध्ये च.न.पा वडा १२ मा २ जना (बुबा र छोरि) र च.न.पा वडा १५ मा १ जना (पुरष) रहेको छन्।
संक्रमण पुष्टि भएकामध्ये २० जना निको भएका छन् भने १२ जना अस्पतालमा र घरमा २ जना उपचार भइरहेको छन् ।
साथै संक्रमण पुष्टि भएकामध्ये १२ जना महिला, २० जना पुरुष र २ जना बालबालिका (पुरष) रहेको छन्।
थप आजको कोरोना अपदेट