इनारमा खसेर ढुंगेअड्डामामा एक जनाको मृत्यु

चन्द्रागिरी १४ आदर्श नगर टोल ढुंगेअड्डामा निमार्णाधीन घर नजिकै रहेको बन्दै गरेको नयाँ इनारमा खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शकंर खड्काका अनुसार इनारमा छोपेर राखिएको प्लाई निकाल्ने क्रममा उनी इरानभित्र खसेका थिए र, घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा उदयपुर जिल्ला कापली गाउँपालिका ३ घर भई चन्द्रागिरी १४ बस्ने वर्ष २१ वर्षीय समर बहादुर तामाङ रहेको बताए।