शिक्षा नीतिमा व्यापक सुधारको आवश्यकता : प्रचण्ड

रोशन दानी,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक समाजिक र राजनीतिक विकासका लागि शिक्षा नीतिमा व्यापक सुधारको आवश्यकता रहेको औंल्याउनुभएको छ । काठमाडौंको चन्द्रागिरी–तीनथानमा आयोजित वडा अध्यक्ष शैक्षिक विकास कोषको दोश्रो वार्षिक उत्सव तथा साधारण सभाको उद्घाटन कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षामा सोचे अनुरुपको बजेट प्रर्याप्त नभएको कारण शिक्षा नीतिमा आमूल सुधार गर्न नसकिएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो–‘हामीले देशको शिक्षा प्रणलीलाई बैज्ञानिक तवरबाट आय–आर्जन र विकासमुखी बनाउनकै लागि शिक्षमा लगानीको आवश्यक छ । देशको विकास र सुधार शिक्षाबाटै हुन्छ । नीतिगत सुधार र बजेटमा सुधार गर्न सकिए देश आर्थिक समृद्धि तर्फ उन्मुख हुने निश्चित छ ।’

अध्यक्ष प्रचण्डले फरक प्रसंगमा बोल्दै तत्कालीन मालेले भण्डारीलाई सहज रुपमा महासचिव स्वीकार गरेको स्मरण गर्दै उहाँले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन सांकेतिक आग्रह गर्नुभयो । विरोधीहरुले पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहने भन्दै उहाँले एकतालाई रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको बताउनुभयो ।

७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उहाँले भन्नुभयो–‘हामी बिग्रियौं भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन । सजिलै सोभियत संघजस्तै खतरा हुन्छ । नियोजित ढंगबाट प्रहार भएका छन् । त्यसलाई रोक्ने क्षमता राख्नुपर्छ ।’

कार्यक्रमा बोल्दै प्रतिनिधि सभा सांसद कृष्णगोपाल श्रेष्ठले पछिल्लो समय आफू संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उहाँले कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘तर, हामी आफैंले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौं, भन्ने विषय महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।’

नेता श्रेष्ठले वर्तमान प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल एकै सिक्काका दुई पाटा भएका कारण उनीहरुबाटै देशको आर्थिक, राजनीतिक समाजिक विकासमा कोसेढुङगा सावित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमा चन्द्रागिरी नगरपालिका १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतले प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्य्राइँ, लापरवाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौं ?’ उनले प्रश्न गर्नुभयो ।

कार्यक्रममा विभिन्न विषयमा विद्याबारिधि गरेका १५ जना, एसईईमा उत्कृष्ट अकं ल्याई उतीर्ण भएका तथा राष्ट्रिय खेलकुदका माध्यमबाट देशलाई महत्वपूर्ण योग्दान पु–याएका व्यत्तिहरु, कोषद्वारा सञ्चालित हाजिरी जवाफ प्रतियोगिता चित्रकला प्रतियोगितामा विजयी व्यक्ति समूहहरुलाई समान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।