चन्द्रागिरीको भिराडिल साकुरा पार्कको पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली द्वारा अवलोकन

काठमाडौँ,भाद्र ५। काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं १५ तीन थानामा निर्माणाधीन “भिराडिल खाइके साकुरा” पार्कको शुक्रबार पुर्वप्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थलगत अवलोकन गरेका छन् अवलोकन पश्चात आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिकाको वडाध्यक्ष शैक्षिक विकासका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।धर्तीमा काम नलाग्ने ठाउँ कुनै पनि नुहने बताउँदै अध्यक्ष ओलीले भने “यो धर्तीमा काम नलाग्ने मानिस पनि कोही हुँदैन, धर्तीमा काम नलाग्ने वस्तु कुनै पनि हुन सक्दैन, सदुपयोग गर्न जान्नुपर्छ,भीरको डील पनि यति उपयोगी हुने रहेछ” ।

साधारणतया मानिस भीरमा नजाने भन्दै उहाँले त्यसलाई फरक ढंगले व्यवस्थित गर्यो भने भीरको डील पनि गन्तव्यस्थल बन्न सक्ने बताएका थिए । भीरलाई कसरी एउटा आकर्षक गन्तव्य बनाउन सकिन्छ, कसरी योग केन्द्र बनाउन सकिन्छ, ध्यान केन्द्र बनाउन सकिन्छ, विकासको प्राय बनाउन सकिन्छ भन्ने कुराहरु सिक्न भिराडिल खाइके साकुरा पार्क उपयुक्त रहेको उनको भनाइ रहेको थियो ।

साकुरा नेपाल र जापानबीचको सम्बन्धको एउटा उदाहरण भएको बताउदै यस्तै विकास देशका अन्य ठाउँले पनि विकास गर्नुपर्नेमा जोड दिएका थिए । शिक्षा, स्वास्थ्य, योग र मनोरञ्जनका क्षेत्रमा सो वडाका देखिएको भन्दै अध्यक्ष ओलीले शैक्षिक कोषमा एक लाख रुपैयाँ आफूले पनि हालिदिने घोषणा गरेका थिए । सो वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यसाथ वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोष स्थापना गरेका हुने । अवलोकनमा पुर्वप्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धर्मपत्नी राधिका शाक्य, पुर्व मन्त्रि एबम प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ लगायत जनप्रतिनिधि कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।

टाढै बाट टक्क देखिने पिपलको चौताराको छेउमा करिब ९० मिटर लामो झोलुंगे पुल सहित वरपर बनमा चराचुरुंगीको चिरबिरले आनन्दित बनाउने सुरम्य बातावरणलाइ थप आकर्षक बनाउन डरलाग्दो खोंच र खोल्सालाइ रचनात्मक प्रयोग गरिएको सो पार्क पुर्वाधार बिअक्सको नमुना संरचन बनेको छ। भिराडिल क्षेत्रको करिब ३२ रोपनी क्षेत्रफलमा नेपाल सरकार संगको साझेदारीमा निर्माण हुन लागेको उक्त पार्कमा गल्छी पार्क ,मिनिरेल जिप लाइन रक क्लाइम्बिंग स्काईलाइन निर्माण गर्ने योजना रहेको छ । कार्यक्रममा वडाध्यक्ष उत्तमबहादुर राउतले पार्कको बारेमा जानकारी गराएका थिए।