चन्द्रागिरि नगरपालिकामा १ जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंमा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डास्थित भित्रिसडकको नालीमा हाल नाम, थर नखुलेका अन्दाजी ३० वर्षीय पुरुष र काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित पुलमुनि हाल नाम, थर नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी  काठमाडौं महानगरपालिका – ६ बौद्धस्थित टहरामा थान्का पसल राखी बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-२ घर भएका ६८ वर्षीय जित बहादुर दमाई पसलभित्रै शनिबार मृत अवस्थामा फेला परेका प्रहरीको भनाई छ ।