
शनिबार बिहान चन्द्रागिरि ४ गोदाम चोकमा सडक दुर्घटनामा परि एक युवा गम्भिर घाइते भएका छन् । पानीघाटबाट थानकोट आउँदै गरेको ना २ क ४१६४ नम्बरको ट्रिपरले स्थानीय सुचेन्द्र श्रेष्ठ सवार स्कुटरलाई ठक्कर दिँदा श्रेष्ठ गम्भिर घाइते भएको प्रहरी वृत थानकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइतेको कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
अनियन्त्रित ट्रिपरले गोदाम चोकमा मठमन्दिरमा पनि क्षति पुर्याएको छ । यो समाचार तयार पार्दा समेत स्थानीयहरूले दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलबाट हटाउन दिएका छैनन् । घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।