कोरोना महामारी नियन्त्रणमा स्थानिय सरकारको भुमिका सकृय हुनु आवश्यक छ : वडा अध्यक्ष राउत

काठमाण्डौँ । ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान अन्तर्गत तेस्रो दिन चन्द्रागिरि १५ तीनथानामा कार्यक्रम गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ तेस्रो दिनतीनथाना चाेकमा कार्यक्रम गरिएको हो ।

प्रहरी बृत थानकाेट र थानकोट जेसीजले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबारदेखि सो अभियान सुरु गरेको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष उत्तम बहादुर राउतले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी हुने विश्वास व्यक्त गरे । उनले भने, “ आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो जनचेता भनेको फेज आउट हुदै जाने रहिछ फेरि त्यसलाई पुन ताजकी गर्दे लानु पर्ने अवस्था आएको छ । ” उनले कोरोना महामारीमा स्थानिय सरकारको भुमिका सकृय हुनु पर्ने र आम नागरिकको स्वास्थ्यमा गम्भ्रिर भएर लाग्नु पर्ने बताए ।

वडा अध्यक्ष राउतले जनचेतना भने कुरा समाजमा गराई राख्नु पर्ने भन्दै सवै नेतृत्वमा जेसीज अभियान अगाडी आउनु पर्ने भन्दै शुभकामना सहित कार्यक्रमको सुभारम्भ गरेका हुन् ।

कार्यक्रमा माओवादी केन्द्रका नगर इन्चार्ज मधुसुधन शर्मा १५ नम्वर वडाका वडा सदस्यहरु कृपाल खड्का,वडा सदस्य श्रुति मालि,महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी नायव निरीक्षक केशव खड्का, महानगरीय प्रहरी प्रभाग नैकापका प्रहरी सहायक निरीक्षक प्रेम आचार्य, थानकोट जेसीजका पुर्व अध्यक्ष पेशल कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई तीनथाना चोकमाकरिव ८ सय मास्क वितरण गरिएको थियो । अभियान नागढुङ्गा, गुर्जुधारा, दहचोक, लगायतका क्षेत्रमा माघ ११ गते सम्म सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ ।

सामाजिक तस्विरहरु हेर्नुहोस