सहकारीकाे एकीकृत पुँजी लाई कृषि र पर्यटन विकासमा लगानी गर्न सकिए अार्थिक समृद्धि : नगर प्रमुख घनश्याम गिरी ।

रोशन दानी,

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले अर्थतन्त्रको सम्पूर्ण मेरूदण्डको सन्तुलित प्रयोगबाट बिकासको लागि पूर्वधार कम्पनी खडा गर्न सकिने बताएका छन् । चन्द्रागिरी नगरपालिका–१ मा रहेको इन्द्रस्थान कृषि सहकारी संस्थाको चाैथाे वार्षिक साधारणसभाको प्रमुख अतिथिका रुपमा बोल्दै उनले नगरकाे बिकास र समृद्धिको लागि सहकारिको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको ससक्तिकरणमा टेवा पुगेको वताए ।

नगर प्रमुख गिरीेले सहकारीकाे एकीकृत पुँजी लाई कृषि ,उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए अार्थिक समृद्धि हासिल गर्न सकिने मा जाेड दिए । कार्यक्रममा वाेल्दै चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले सहकारीले समुदायमा छरिएको पैसालाई एकिकृत गरी सदस्यहरुको समस्या समाधान गर्नुका साथै बैंकहरुको झञ्झटिलो प्रकृयाबाट मुक्त गरी सहजै वित्तीय सेवा प्रदान गरेकोमा प्रशंसा गरे। उनले सहकारीमार्फत संकलित पूँजीलाई कृषि व्यापार, व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा जोड्न सके त्यसले सदस्यहरुलाई पनि मालिक बनाउने बताए ।

सभामा संस्थाका सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।