९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवती

९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवतीलाई थानकोट प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी बृत्त थानकोटकाे विशेष अप्रेसनमा चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकाेटका प्रमुख घनश्याम श्रेष्ठले
धादिङ गजुरी गाउँपालिका-८ की उनी बलम्बुमा डेरा गरी थिङलाई ९ केजी चरेस सहित पक्राउ गरेकाे पुष्टि गरे ।

उनका श्रीमान फूलबहादुर तामाङ फरार रहेको श्रेष्ठ भनाइ छ ।
खाटमुनि जेब्रा झोलामा लुकाएर राखेको चरेससहित प्रहरीले थिङलाई पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।

थिङमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको थानकोट प्रहरीले जनाएको छ।