Category: वडा
-
नागढुङ्गा नाकाबाट लागुअाैषध सहित तीनजना पक्राउ
चन्द्रागिरि । उपत्यका भित्रिने प्रमुख नाका थानकोट नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरिओन – ९ का प्रदीप यादव रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔषध सहित काठमाडौँ आउँदै गरेको अवस्थामा छुटाछुट्टै…
-
बलम्बु मा.वि. मा निःशुल्क स्वास्थ्य शिविर हुने
चन्द्रागिरि । काठमाण्डाै शिक्षा क्याम्पस स्वास्थ्य विभागको अायोजनामा असार १७ गते शनिबार बलम्बुस्थित बलम्बु मा.वि मा एक दिने स्वास्थ्य शिविर हुने भएको छ । बिहान ८ बजेबाट सुरू हुने शिविरमा दन्त रोग तथा अन्य स्वास्थ्य अवस्थाको चेक जाँच हुनेछ ।
-
नागढुङ्गा सुरूङमार्ग पीडित संघर्ष समिति गठन
चन्द्रागिरि । नागढुङ्गा सुरूङसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीयहरू संगठित भएका छन् । रवि श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन भएको हो । समितिमा प्रजिवन प्रधान, गोकुल पाठक, शरद कुमार कुँवर, दिल बहादुर श्रेष्ठ, सिता पोखरेल भोलानाथ महर्जन, विष्णु श्रेष्ठ, सविना खड्का, दिल बहादुर थापा, दुर्गा गुरूङ, रामलाल श्रेष्ठ, प्रकाश जीसी लगायत रहेका छन् ।…
-
मंगलबार र बुधबार स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
चन्द्रागिरि । महादेवस्थान स्वास्थ्य चाैकी चन्द्रागिरि नगरपालिका ६ चेकपोष्टको अायोजनामा २ दिन निःशुल्क स्वास्थ्य शिविर अायोजना हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको सहकार्यमा महादेवस्थान स्वास्थ्य चाैकीमा असार १३ गते मंगलबार र १४ गते बुधबार प्रजनन् स्वास्थ्य तथा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । शिविर बिहान १० देखी ४ बजेसम्म सञ्चालन हुनेछ ।
-
दोश्रो देवदर्शन कप ब्याडमिण्टनकको उपाधी पुष्ष खड्का र पवन अधिकारीको जोडीलार्इ, राजन पोखरेल उत्कृष्ठ खेलाडी
चन्द्रगिरि । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको नवाैँ वार्षिकोत्सवका अवसरमा अायोजित दोश्रो देवदर्शन कप ब्याडमिण्टन प्रतियोगिताको उपाधी पुष्ष खड्का र पवन अधिकारीको जोडीले जितेको छ । सोमबार बिहान साबिक महादेवस्थान गा.वि.स प्राङ्गणको कोर्टमा सम्पन्न फाइनल खेलमा शिवशरण महत र राजन महतको जोडीलार्इ२१-१४ र २१-८ को सेटमा पराजित गर्दैपुष्ष खड्का र पवन अधिकारीको जोडीले नगद २०…
-
नागढुङ्गा नाकाबाट मरेका १८ बाख्रा नियन्त्रणमा
रोसन दानी चन्द्रागिरि । काठमाडौँ उपत्यकामा मरेका १८ वटा बाख्री भित्र्याउँदै गरेको अवस्थामा नागढुङ्गा चेकपोष्टस्थित महानगरीय प्रहरी प्रभाग र पशुपंछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् । सर्लाहीको लालवन्दीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नंम्बरको यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्री तथा १८ वटा मरेका बाख्री ल्याएको अवस्थामा नागढुङ्गा चेकपोष्ट…
-
हाम्रो दहचोक साकोसले गर्यो निःशुल्क स्वास्थ्य शिविर
चन्द्रागिरि । हाम्रो दहचोक साकोसको सातौं स्थापना दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । हाम्रो दहचोक साकोसको आयोजनामा नेपाल रेडक्रस सोसाईटी चन्द्रागिरि नगर उपशाखाको समन्वय तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ महिला विभागको प्रविधिक सहयोग एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । निःशुल्क स्वास्थ्य शिविरको नेफ्स्कुनका संचालक सदस्य नानीकाजि शाक्यले उद्घाटन गरेका…
-
गुर्जुधाराको सरसफार्इ
चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ५ स्थित एेतिहासिक गुर्जुधाराको शनिबार सरसफार्इ गरिएको छ । चन्द्रागिरि नगरपालिका १२ का नवनिर्वाचित वडा अध्यक्ष प्रकाश श्रेष्ठको अगुवार्इमा सरसफार्इ सम्पन्न भएको हो । करिब २ सय वर्ष अघि स्थापना भएको मानिएको गुर्जुधाराको सरसफार्इ र संरक्षणमा सबै स्थानीयको महत्वपुर्ण योगदान रहँदै अाएको र भविष्यमा पनि धाराको सरसफार्इ तथा व्यवस्थित रूपमा सञ्चालनमा…
-
काठमाण्डाैका निम्न भुकम्प पिडितलार्इ पर्यो ट्याक्सीको नम्बर (सूची सहित)
चन्द्रागिरि । यातायात व्यवस्था विभागले भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी नम्बर वितरण गरेको छ । शुक्रबार अन्तिम दिन काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितले कुल ४ सय ९६ नम्बर प्लेट गरिएको थियो । जसमा काठमाडौंबाट ९५ , ललितपुरबाट ७२, भक्तपुरबाट ४३, मकवानपुरबाट ३१, धादिङबाट १ सय १७, ओखलढुङ्गाबाट ३०,…
-
चन्द्रागिरि केवलकारमा खिचिएको पहिलो म्युजिक भिडियो सार्वजनिक
चन्द्रागिरि । चन्द्रागिरि केवलकार अासपासका क्षेत्रहरूमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । चन्द्रागिरि नगरपालिका ६ का गायक बसन्त थापाको ‘चन्द्रागिरि डाँडैमा….’ बोलको गीतको म्युजिक भिडियो चन्द्रागिरि हिल्सका बटम र टप स्टेशनमा खिचिएका थिए । भिडियोमा नायिका वर्षा शिवाकोटी र गायक थापाका अतिरिक्त अन्य स्थानीय कलाकारको अभिनय रहेको छ । गीतको शब्द, गायन…