रक्तदान कार्यक्रम सम्पन्न

च न पा-१२ गुर्जुधारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख घनश्याम गिरीको प्रमुख अतिथिमा सदभाव नेपाल बाट आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

चन्द्रागिरि नगर उप प्रमुख लिशा नकर्मी, च न पा-१२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, महानगरिय प्रहरी वृत्त थानकोट का प्रहरी प्रमुख घनश्याम श्रेष्ठ को विशेष आतिथ्यता रहेको उक्त कार्यक्रमको सभापतित्व , सदभाव नेपाल का अध्यक्ष अभिषेक श्रेष्ठले गर्नुभएको थियो।

च न पा-१२ गुर्जुधारामा आयोजित कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्थानीय युवाका साथै सशस्त्र प्रहरी बल, च न पा का जवानहरुले पनि रत्तदान गरेका थिए ।

यसै गरी आगिम दिनमा पनि यस्तै साथ सहयोग र माया को अपेक्षा राख्दै निरन्तर सामाजिक कायर्क्रममा सक्रियता रहने प्रतिबद्धता व्यक्त गर्दै अभिषेक श्रेष्ठले धन्यवाद दिए।