चन्द्रागिरिको गुर्जुधारामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते

accident

चन्द्रागिरि नगरपालिका वडा नं.१२ गुर्जुधारामा प्रदेश क. ०२.००१ ख ०७५० नम्बरको बसले बागमती प्रदेश ०२-०१५-प १०६३ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ ।

प्रहरी वृत्त थानकोट अनुसार बसको ठक्करबाट स्कुटर चालक सामान्य घाइते भएका छन् भने चालकको अवस्था सामान्य रहेको बताइएको छ ।

साथै बसको ठक्करबाट स्कुटरमा क्षति पुगेको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।