अधिवाह नेपाल सामाजिक संस्थाले चन्द्रागिरिका स्थानिय खेल व्यक्तित्वहरुलाई सम्मानित

अधिवाह नेपाल सामाजिक संस्थाले चन्द्रागिरि हिल्समा एक भव्य कार्यक्रमको आयोजना गर्दै चन्द्रागिरिका स्थानिय खेल व्यक्तित्वहरुलाई सम्मानित गरेका हुन् ।



jibss

क्यो कुशिन कराँतेका वरिष्ठ प्रशिक्षक भिमसेन कार्की, भलिबलका प्रशिक्षक कुमार राई, पुर्व म्याराथन धावक बाबुराजा श्रेष्ठ, सितोरियो कराँतेका वरिष्ठ प्रशिक्षक संघरत्न महर्जन, पुर्व राष्ट्रिय फुटबल खेलाडी रमेश बुढाथोकी र बक्सिङका थ्री स्टार प्रशिक्षक दीपक महर्जन सम्मानपत्र र ट्रफीबाट सम्मानित भएका हुन् ।

यस्तै चन्द्रागिरी सोसल हिरो अफ दि इयर अवार्ड २०७९ बाट समाजसेवी तथा उद्यमी दिल बहादुर थापा तथा युवा समाजसेवी सम्मान २०७९ बाट हाई भिजन ट्रेडिङ इन्टरनेशनल प्रालिका प्रमुख सुमन थापा सम्मानित भएका छन् ।

उनीहरुलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, उप मेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नम्वर ४ का अध्यक्ष कृष्ण प्रसाद खड्गीलगायतले सम्मानित गरे । सम्मान कार्यक्रमा काठमाडौं महा नगरपालिकाकी उपमेयर सुनिता डंगोलसँगै चन्द्रगिरि नगरपालिकाका १ देखि १५ सम्मका वडा अध्यक्षहरुसँगै विभिन्न विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अधिवाह नेपालका सचिव सुरेन्द्र श्रेष्ठले यो अवार्ड कार्यक्रम पहिलोपटक आयोजना गरेको र आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए । अधिवाह नेपाल विशुद्ध सामाजिक संस्था हो । यस संस्थाको स्थापना २०७८ चैतमा स्थापना भएको थियो ।

सम्मानित हुने व्यक्तित्वहरु
भिमसेन कार्की – क्यो कुशिन कराँते वरिष्ठ प्रशिक्षक
कुमार राई – भलिबल प्रशिक्षक
बाबुराजा श्रेष्ठ – पुर्व म्याराथन धावक
संघरत्न महर्जन – सितोरियो कराँतेका वरिष्ठ प्रशिक्षक
रमेश बुढाथोकी – पुर्व राष्ट्रिय फुटबल खेलाडी
दिपक महर्जन – बक्सिङ थ्री स्टार प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी
दिल बहादुर थापा – चन्द्रागिरि सोसल हिरो अफ दि इयर अवार्ड
सुमन थापा – युवा समाजसेवी सम्मान