चन्द्रागिरिमा अखिल (छैठौं) को नगर समिति गठन

काठमाडौँको चन्द्रागिरिमा अखिल (छैठौं) को नगर समिति गठन भएको छ । अखिल (छैठौं) काठमाडौँ जिल्ला समितिका उपाध्यक्ष धु्रव बस्याल र सदस्य सूर्य पौडेलको विशेष उपस्थितिमा २०७८ असोज ९ गतेद चन्द्रागिरि–६ मा आयोजित भेलामाझ सो समिति गठन भएको हो ।

समितिको अध्यक्षमा राजेश केसी रहेका छन् भने उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा सौरभ खड्का र कोषाध्यक्षमा पूजा बेलवासे रहेका छन् । त्यसैगरी सदस्यमा यज्ञराज उपाध्याय, आकृति जिसी, निरिशा बलामी, मन्जु बेलबासे, सुनिल तामाङ र नरेन्द्र रानामगर चयन भएका हुन् ।




भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्लाध्यक्ष झविन्द्र बेलबासेले नेपालीको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलन निर्णायक सावित हुँदै आएको बताए । उनले शिक्षा आम नागरिकको नैसर्गिक अधिकार भएको हुँदा शिक्षा आम नागरिहरूका लागि निःशुल्क हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य लीलाबहादुर जिसीले देशका परिवर्तनको निमित्त विद्यार्थी आन्दोलन सशक्त र एकीकृत बनाउँदै समाज रूपान्तरणमा विद्यार्थीहरू आउनुपर्ने धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका युवा नेता तथा चन्द्रागिरि इन्चार्ज रोसन दानीले अबको शिक्षा वैज्ञानिक र रोजगारमुखी दक्ष जनशक्ति उत्पादनमुखी शिक्षाले मात्र देशको आर्थिक सामाजिक परिवर्तन सम्भव रहेको तर्क गरे । दानीले वर्तमान राजनित अवस्था निकै कमजोर र अस्तिरताबाट रुमम्लिँदै गएको भन्दै वैदेशिक हस्तक्षेपबाट देशलाई कमजोर पार्ने शासकका विरुद्ध एकताबद्ध रूपमा लड्ने समय आएको बताए ।

कार्यक्रममा राजमो चन्द्रागिरि नेता मनहरि बलामी, चन्द्रागिरि नगर अध्यक्ष मोहन जिसीलगायतको उपस्थिति थियो भने कार्यक्रमको आतिथ्यता अस्मिता खनालले गरेकी थिइन् ।