
चन्द्रागिरि । नेपाल संवत् ११४२ को अवसरमा कार्तिक १९ गते शुक्रबार चन्द्रागिरि राइदर्स क्लबको आयोजनामा साइकल र्याली एवं साँस्कृतिक कार्यक्रम हुने भएको छ।
चन्द्रागिरि नगरपालिका मयर घनश्याम गिरिको प्रमुख अतिथ्यतामा हुने सांस्कृतिक कार्यक्रम बिहान ६:३० बजे सुरू हुने छ भने साइकल र्याली बिहान ८:०० बजेबाट सुरू हुने आयोजक राइदर्स क्लबका अध्यक्ष बिष्णु महर्जनले जानकारी दिए । क्लबले आयोजना गर्ने यो पहिलो पटक साइकल र्याली हो। कार्यक्रम चन्द्रागिरि नगरपालिका ५ किसिपिडीमा हुनेछ ।