चन्द्रगिरि नगरपालिका वडा नं. ५ वडा अध्यक्षका उम्मेदवार विशाल श्रेष्ठले गरे उम्मेदवारी दर्ता

स्थानीय चुनावका लागी विशाल श्रेष्ठले वडा अध्यक्षका लागी उम्मेदवारीको दर्ता गराएका छन । १३ गते निर्वाचन अधिकृतको कार्यलयमा पुगेर श्रेष्ठले वडा अध्यक्ष पदका लागी जनता समाजवादी पार्टी बाट दर्ता गराएका हुन ।

उम्मेदवारी दर्ता गर्दै श्रेष्ठर्ले हाम्रो वडा, हामी युवाले बनाउछौँ’ भन्ने अभियानका साथ वडा अध्यक्षको पदमा उम्मेदवारी दिनु भएको बताउँदै आफ्नो वडाबासीले जिताउनेमा विश्वस्त रहेको जनाए ।

श्रेष्ठले भने “हाम्रो वडा हामी बनाउछौँ भन्नेअभियानमा सबै जोडिएर मलाई विजयी गराउने छन् भनेमा विश्वस्त छु । वडाबासीले यहाँको विकासको लागि जुन चाहाना राखेका छन् त्यसलाई  पुरा गर्ने प्रतिनिधि पात्रका रुपमा म आएको छु” श्रेष्ठले भने ।