चन्द्रागिरि र कीर्तिपुर सिमाना बल्खु खाेला पुलमुनि एक पुरूषकाे शव फेला

चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकाको सिमाना बल्खु खाेला पुलमुनि एक पुरूषकाे शव फेला परेको छ । अन्दाजी ३०-३५ वर्षीय युवाको शव भेटिएको हो।

उनको हालसम्म पहिचान भने खुल्न सकेको छैन। कीर्तिपुर र चन्द्रागिरी प्रहरी घटनास्थलमा पुगेकाे स्थानीय सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिनुभयाे ।

तस्बिर: वीरेन्द्र शाक्य