चन्द्रागिरि ११ मा नेपाली कांग्रेसको जित, नरेन्द्र राज श्रेष्ठ प्यानलसहित विजयी

चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेस प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार नरेन्द्र राज श्रेष्ठको प्यानल विजयी भएको हो ।

नेकपा एमालेका पूर्ण गोपाल श्रेष्ठ सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि नगरपालिका वडा नं. ११ मा ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ मा १२४८ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी १० को मतगणना सकी सकेको छ ।