
महालेखा परीक्षकको कार्यालय वार्षिक प्रतिवेदन २०७८ र २०७९ अनुसार चन्द्रागिरि नगरपालिकाले २० करोड रकम शिर्षक नखुलाई बजेट विनियोजन गरेको पाएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको चन्द्रागिरि नगरपालिकाको वार्षिक प्रतिवेदन अनुसार:-
शिर्षक नखुलाई बजेट विनियोजन : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय आर्थिक अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरणका आधार तयार गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबण्डा नराखी आय-व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था छ ।
यस स्थानीय तहले यो बर्ष चालु तर्फ कर्मचारी प्रोत्साहन भत्तामा रु १८१०००००, अन्य भत्तामा रु ७५००००, पदाधिकारी कल्याण कोष रु ५०००००, मसलन्द शिर्षकमा रु ५००००००, विविध थप कार्यक्रममा रु २०९४१०४१, भैपरी आउने चालू खर्च रु ५००००००, नगर स्तरीय खेलकुद योजनामा रु ५००००००, कृति तथा पशु रोजगारीको लागि व्याज अनुदान रु ५००००००, विविध खर्चमा रु ३५०००००, सभा संचालनमा रु ३५००००० र विपद व्यवस्थापनमा रु १०५००००० र पूजिंगत तर्फ जग्गा एकिकरणमा रु ३००००००, मेशिनरी औजार तथा फर्निचर शिर्षकमा रु २०००००००, सि सि टि भि खरिदमा रु १०००००००, र लागत साझेदारी योजनाको लागि रु ४००००००० २० करोड रकम अवण्डाराखी विभिन्न शिर्षकमा खर्च गरिएको छ । बजेट अबण्डमा राखी कार्यपालिकाको निर्णयबाट खर्च गर्ने प्रक्रियामा नियन्त्रण गर्नुपर्ने ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।