चन्द्रागिरि नगरपालिका सभादल नेतामा एमालेबाट बसन्ती श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सबादी लेनिनबादी) चन्द्रागिरिले नगरपालिका सभादलको नेतामा नगर उपप्रमुख वसन्ती श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ गत वैशाख २० गते सम्पन्न नगरपालिका निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित हुनु भएको थियो ।

उहाँलाई पार्टीको बिधान २०४९ प्रथम बिधान महाधिवेशन २०७८ को संशोधन सहित धारा ७४ बमोजिम चन्द्रागिरि नगरपालिका सभादलको नेतामा चयन गरिएको एमाले चन्द्रागिरि नगर कमिटीले जनाएको छ ।

पार्टी विधानको धारा ७४ (२) मा सम्बन्धित पालिका प्रमुख/अध्यक्ष पालिका सभादलको नेता हुने छ ।प्रमुख\अध्यक्ष नभए वा निर्वाचित नभएको खण्डमा उपप्रमुख/उपाध्यक्ष र निज पनि नभएको खण्डमा पार्टीको तोकेको वरिष्ष्ठतम जनप्रतिनिधि पालिका सभादलको नेता हुने छ ।

सोही विधानअनुसार चन्द्रागिरी नगरपालिकामा एमालेको तर्फबाट पालिका सभादलको नेतामा उपप्रमुख बसन्ती श्रेष्ठ मनोनयन हुनु भयको हो । श्रेष्ठसहित एमालेको तर्फबाट चन्द्रागिरि नगरपालिकामा २९ जना जनप्रतिनिधिले प्रतिधित्व गर्नु हुन्छ ।

पालिकामा एमालेको तर्फबाट उपप्रमुखमा बसन्ती श्रेष्ठ, वडा नं. ६ मा संजय सिग्देल, वडा नं. १० मा शिवकुमार महर्जन, वडा नं. १२ मा न्हुछे महर्जन र वडा नं. १४ मा राजभाइ महर्जन विजयी हुनु भएको थियो । यसैगरी ती वडासहित विभिन्न वडामा २४ जना वडा सदस्य निर्वाचित हुनु भएको छ ।