चन्द्रागिरि डिजिटल प्रिन्टको रंगिन होली अफर ४० प्रतिशतसम्म छुट 

चन्द्रागिरि ।

चन्द्रागिरि डिजिटल प्रिन्टले होलीको अवसरमा आफ्ना ग्राहकलाई ४० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । नेपालीहरुको उत्साहमय पर्व होलीलाई मध्यनजर गर्दै फागुन २० गते र २१ गते होली उत्सवमा सहभागी ग्राहकको लागि विशेष छुटको व्यवस्था रहेको प्रिन्टकी संचालक सविना खड्गीले जानकारी दिईन् ।

फ्लेक्स प्रिन्ट, कप प्रिन्ट, कुशन प्रिन्ट, टिशर्ट प्रिन्ट, फोटो फ्रेम, फोटो प्रिन्ट,क्यानभास प्रिन्ट लगायत अन्य सेवाहरुमा छुटको सुविधा रहेको छ । छपाई, फोटो स्टुडियो तथा फ्रेमिङ क्षेत्रमा स्तरीय सेवा पु¥याउँदै आएको यस कम्पनीले संस्कृतिको सम्मानसंगै आफ्ना ग्राहक तथा सुभेच्छुकको लागि २ दिने होली उत्सव ल्याएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुंगल चोकमै रहेको चन्द्रागिरि डिजिटल प्रिन्ट ८ बर्षदेखि डिजिटल प्रिन्टका साथै आधुनिक छपाई सम्बन्धि कार्यमा संलग्न रहेको छ ।

थप हेर्न https://www.facebook.com/chandrgiriprint