एसइइ परीक्षामा सामेल भएका विद्यार्थीलाई चन्द्रागिरि हिल्समा ५० प्रतिशत छुट

चन्द्रागिरि।

चन्द्रागिरि हिल्सले माध्यमिक शिक्षा परीक्षा एसइइका विद्यार्थीहरुका लागि एसइइ परीक्षार्थी अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसइइ परीक्षा दिएका विद्यार्थीहरुलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहमा लाग्ने शुल्कमा ५० प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका एसइइ परीक्षार्थीले जिपलाइन, स्काई साइक्लिङ, स्विङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरूको शुल्कमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

छुट सुविधा लिन विद्यार्थीहरुले आफ्नो प्रवेश पत्र प्रमाणपत्र को विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना ९ अप्रिल देखि २१ अप्रिल सम्म लागि लागू हुने बताइएको छ ।