
चन्द्रागिरि।
चन्द्रागिरि हिल्सले हरेक बुधबार दिन महिलाहरुको लागि मात्र केबलकारको टिकटमा छुट दिने भएको छ ।
चन्द्रागिरि हिल्सले बुधबार दिन केबलकारको टिकटमा साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि २ सय रूपैयाँ मुल्य तोकिएको हो भने सार्वजनिक बिदाका दिन बाहेक महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको हो ।
साथै चन्द्रागिरि हिल्सले शुक्रबार दिन केबलकारको टिकटमा साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि २ सय रूपैयाँ मुल्य टिकट उपलब्ध गराउँदै आएको छ।