
फ्लेक्स, सटर पेन्टिङ्ग, पसलका होर्डिङ्ग बोर्ड आदिको चन्द्रागिरि नगरपालिकालाइ कर तिर्नु पर्ने भएको छ।
चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ७ बिज्ञापन अनुसार :
“चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र हुने सवै किसिमका विज्ञापनमा अनुसूची (६) बमोजिमको विज्ञापन कर लगाई असुल उपर गरिनेछ ।”
उल्लेख गरिएको छ ।
यसै चन्द्रागिरि नगरपालिकाले “पुनश्चः कार्यालय प्रयोजनका लागि राखिएको ३० वर्गफुटसम्मको परिचयपाटीलाई कार्यालय बोर्ड मानिनेछ । मापदण्ड बमोजिम कार्यालय वोर्ड राखे वापत विज्ञापन कर लाग्ने छैन । सो भन्दा बढी भएमा नियमानुसार विज्ञापन कर लाग्नेछ । ” सचेत गराएको छ ।