
नगरपालिका क्षेत्र भित्रका ईट्टा उद्योगहरुलाई चन्द्रागिरि नगरका प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यको सूचना
चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको मिति २०७९/०५/२८ गतेको निर्णय अनुसार चन्द्रागिरि नगरपालिकामा वातावरणमैत्री ईट्टा उद्योग संचालन कार्यविधि, २०७९ वमोजिम चन्द्रागिरि नगरपालिका भित्र रहेका परम्परागत प्रविधिमा आधारित रहेका ईट्टा उद्योगहरुलाई उक्त कार्यविधिमा भएको मापदण्ड वमोजिम ईट्टाभट्टा संचालन गर्न ३५ दिनको सुचना जारी गर्ने र तोकिएको समय भित्र मापदण्ड वमोजिम ईट्टाउद्योग संचालन गर्न प्रतिवद्धता व्यक्त नगर्ने ईट्टा उद्योगलाई नगरपालिकाले आवश्यक कारवाही प्रक्रिया अगाडि वढाउने व्यहोरा सम्वन्धित सवै सरोकारवालाहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
You must be logged in to post a comment.