चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाको भवन निर्माण अन्तिम चरणमा

323
chandragiri animal building
चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले थोरै समय भित्रनै आफ्नै भवनबाट सेवा सुबिधा दिने कार्य सुरु गर्ने भएको छ। नगर प्रमुख घनश्याम गिरी र उक्त भवन रहेको वडा १२ का अध्यक्ष प्रकाश श्रेष्ठले उक्त निर्माण कार्यको निरीक्षण अनुगमन गर्नु भएको छ।

उक्त अनुगमनका क्रममा नगर प्रमुखले नगरपालिकाको विशेष पहल र अनुरोधमा NLSIP(नेपाल लाईभस्टक सेक्टर इनोभेसन प्रोजेक्ट) को आर्थिक सहयोगमा उक्त भवनको निर्माण भएको कुरा जानकारी गराउनु भयो। पुर्बाधारको निर्माण पछि पशु सेवा शाखाको सेवा सुबिधा ब्यबस्थित तथा छिटो छरितो हुने कुरा पनि जानकारी गराउनु भयो।