चन्द्रागिरि नगरपालिकाद्वारा नगर भरि नि:शुल्क वाई फाई जडान शुरु

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिकाले नगरको अधिकांश क्षेत्रमा नि:शुल्क वाई फाई जडान कार्य शुरु गरेको छ।

हाल कलंकी नागढुंगा पीपलामोड सडक खण्डको मुख्य मुख्य चोकहरुमा, नगरपालिकाको कार्यालयमा, वडा कार्यालयहरुमा तथा प्रत्येक वडाको मुख्य मुख्य चोक र सार्वजनिक स्थलहरुमा निशुल्क वाई फाई जडान हुदैं गरेको छ।

आउँदो आर्थिक वर्षमा थप मुख्य सडकहरु र वडाका थप स्थानहरुमा पनि नि:शुल्क वाई फाई जडानको कार्यले निरन्तरता पाउने छ।

नगरपालिकाले केहि समयमानै संचालनमा ल्याउँदै गरेको जी पी एस/ जी आइ एस प्रणालीको नगर प्रोफाइल र सम्पूर्ण नगर र वडाबाट प्रदान गर्न लागिएको अनलाइन सेवाको लागि पूर्वाधार स्वरूप यस नगरपालिकाले आ व ०७९/८० को नगर भरि निशुल्क वाई फाई जडान गर्न बजेट बिनियोजन गरेकोमा टेन्डर प्रक्रिया मार्फत जडान कार्य भएको हो।

यो संगै नगरपालिकाको अधिकांश स्थानहरुमा सी सी टि भी जडान गर्ने कार्य पनि केहि दिनमा नै शुरु हुनेछ।