
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाको व्यवस्थापनमा बाघ बछला बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा संचालित स्थानीय उत्पादन बिक्री केन्द्रको च. न. पा. -२ नागढुंगामा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको पहिलो स्थानीय उत्पादन बिक्री केन्द्रको आजको उद्घाटन कार्यक्रममा नगर उप प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधिहरु लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुखले चन्द्रागिरि नगरपालिकाले विगतमा नगरबासीलाई प्रदान गरेको विभिन्न उत्पादन मुलक तालिमलाई आय आर्जन संग जोड्न यस किसिमको बिक्री केन्द्र स्थापना भएको कुरा जानकारी गराउनु भयो।
नगर प्रमुखले यस लगत्तै च न पा -३ थानकोट र च न पा -१४ नयाँ नैकापमा पनि बिक्री केन्द्र शुरु हुन लागेको कुरा जानकारी गराउदै आउदो आर्थिक वर्षमा नगरको विभिन्न क्षेत्र हुदै उपत्यका भित्र र मोफसलका शहरहरुमा पनि बिक्री केन्द्र स्थापना गरि नगरपालिकाको स्थानीय उत्पादनलाई बजार ब्यबस्थापनमा नगरपालिकाले सहजीकरण गर्ने कुरा बताउनु भयो।
नगरपालिकाको प्रत्येक वडामा शहरी हाट बजारको ब्यबस्थापन गरिने कुरा पनि नगर प्रमुखज्युले जानकारी गराउनु भयो। नगर प्रमुखले अब बिद्यालयबाटनै प्राबिधिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने र साथै अन्य उत्पादन मुलक तालिम दिनुका साथै बजार ब्यबस्थापन गरि नगर र नगरबासीको सामाजिक र आर्थिक स्तरोन्नतिमा नगरपालिकाको बिशेष पहल रहने कुरा पनि बताउनु भयो।
तस्बिर :-नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय