चन्द्रागिरि नगरपालिकाको खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरु विवरण उपलब्ध गराउने सम्बन्धी सुचना

चन्द्रागिरि नगरपालिकाले खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरु विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सुचना जारि गरेक छ।

च.न.पा का  नगरप्रमुख घनश्याम गिरीद्वारा जारि गरिएको उक्त सुचनामा

श्री खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरु ( वडा नं १ देखि वडा नं १५ सबै) चन्द्रागिरि नगरपालिका ।

बिषयः विवरण उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषदको मिति २०८०/०४/०२ गतेको बैठकको निर्णय अनुसार चन्द्रागिरि नगरपालिका कार्यक्षेत्र भित्र रहेका साविकका खानेपानी तथा सरसफाई प्रणालीसँग सम्वन्धीत वडा १ देखि १५ सम्मका खानेपानी उपभोक्ता समितिहरुले सूचना जारी भएको मितिले १५ दिन भित्र वडा मार्फत तपशिल अनुसारको विवरण पेश गर्नु हुन यो सूचना जारी गरिएको छ । तपशिल:

१) संस्था गठन भए देखि आ.व. २०७८ / ०७९ सम्मको खानेपानी तथा सरसफाई समितिको साधारण सभा तथा लेखापरीक्षण प्रतिवेदन विवरण,

२) समितिहरुमा कार्यरत कर्मचारीहरुको नामथर सम्पर्क नम्बर र पद विवरण

३) उपभोक्ताहरुवाट मासिक रुपमा लिने गरिएको महशुलको विवरण,

४) खानेपानी धारा जडान खर्च, नामसारी, धरौटी तथा अन्य शुल्कको विवरण,

(५) बैक खाता रहेको बैकको स्टेटमेन्ट सहितको विवरण,

(६) मासिक रुपमा भएको आम्दानी, प्रशासनिक खर्च तथा मर्मत खर्च विवरण,

७) स्थायी संरचना (भवन, खानेपानी ट्यांकी लगायत अन्य संरचनाहरु ) को विवरण ।

पुनश्य. आ.व. २०७९/०८० को प्रतिवेदन ऐनले तोकेको मिति भित्र पेश गर्नुपर्नेछ ।