चन्द्रागिरि नगरपालिकाको व्यक्तिगत विवरण सहित वडा कार्यालयमा सम्पर्क गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

चन्द्रागिरि नगरपालिकाले व्यक्तिगत विवरण सहित वडा कार्यालयमा सम्पर्क गर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना जारि गरेक छ।

चन्द्रागिरि प्रमुख घनश्याम गिरीद्वारा जारि गरिएको उक्त सुचनामा ” चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषदको मिति २०८० / ०४ / २३ गतेको बैठकको निर्णय अनुसार चन्द्रागिरि नगरपालिका कार्यक्षेत्र भित्र रहेका साविकका खानेपानी तथा सरसफाई प्रणालीसँग सम्बन्धित वडा १ देखि १५ सम्मका बिगतमा नगर क्षेत्र भित्रका खानेपानी प्रणालीमा कार्यरत कर्मचारीहरुले जुन वडा क्षेत्र भित्र कार्यालय रहेको छ सम्बन्धित वडा कार्यालयमा कार्यरत रहेको सम्पूर्ण आफ्नो व्यक्तिगत विवरण सहित मिति २०८०।०४।३१ गते सम्ममा कार्यालय समय भित्र सम्पर्क गरी सक्न यो सूचना जारी गरिएको उल्लेख गरेको छ ।