
चन्द्रागिरि नगरपालिकामा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको २५,११८ मत मध्ये मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले ११,३५६ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले ९ २६४ मत पाएका छन्।
यो पदको बदर मत संख्या २,४२४ रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ७,०२१ मत बदर भएको छ । ४,१९ वटा मतपत्र बदर भएको छ ।