
चन्द्रागिरि नगरपालिकामा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो विवरण अनुसार गनिएको ३३,२३० मत मध्ये मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १४५५६ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले १२४८५ मत पाएका छन्।
यो पदको बदर मत संख्या २९७३ रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । उप मेयर पदको ९३०० मत बदर भएको छ । ५३१ वटा मतपत्र बदर भएको छ ।
You must be logged in to post a comment.