
चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा नभएको सुचना जारि गरेक छ।
चन्द्रागिरि नगरपालिकाका वरिष्ठ शाखा अधिकृत नविन खालिङ द्वारा जारि गरिएको उक्त सुचनामा नगरपालिका र अन्तर्गतका वडा कार्यालय एवं स्वास्थ्य संस्थाहरुको हाजिरी रजिष्टर्डमा भोलि मिति २०८०/०५/०७ गते गौरा पर्वको सार्वजनिक विदा उल्लेख भएको सन्दर्भमा भोलि सम्वन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र विदा हुने भनी नेपाल सरकार, गृह मन्त्रालयबाट मिति २०७९ / १२ / ०२ गते प्रकाशित राजपत्रमा उल्लेख भएको हुँदा मिति २०८०/०५/०७ गते सार्वजनिक विदा नभएको व्यहोरा सबैको जानकारीको लागि उल्लेख गरेको छ ।