
चन्द्रागिरि नगरपालिकाले सार्वजनिक विदा सम्वन्धी सूचना जारि गरेक छ।
च.न.पा प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यद्वारा जारि गरिएको उक्त सुचनामा यस चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको वैठकको निर्णयानुसार यही मिति २०८०/०१/०७ गते मातातीर्थ औसी (आमाको मुख हेर्ने दिन) र यस नगरपालिका वडा नं. ६, महादेवस्थानमा अवस्थित मातातीर्थ कुण्डमा लाग्ने मेलाको अवसरमा मिति २०८० / ०१/ ०७ गते विहिवार चन्द्रागिरि नगर क्षेत्रभर सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको उल्लेख गरेको छ ।