चन्द्रागिरि सरोकार समाजद्वारा विद्यालय क्षेत्र सडक सुरक्षा अभियान

चन्द्रागिरि सरोकार समाजको आयोजना तथा नाशा फाउन्डेशनकाे प्राविधिक सहयोगमा सम्भवत पहिलाे पटक चन्द्रागिरि नगर क्षेत्रका विद्यालयकाे सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

चन्द्रागिरि सरोकार समाजका अध्यक्ष सराेज कुमार थापाकाे अध्यक्षता एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा उपप्रमुख बसन्ति श्रेष्ठ, महानगरिय प्रहरी प्रभाग वलम्बुको प्रमुख शुभद्रा वाइवा , महानगरीय टाफिक प्रहरी प्रभाग थानकोटका प्रमुख , चन्द्रागिरि नगरका वडाअध्यक्षहरू , चन्द्रागिरि नगरका विद्यालयहरुका प्रीन्सिपलहरू तथा अभिभावक सहित विद्यार्थिहरूकाे उपस्थिति रहेकाे थियो।

चन्द्रागिरि नगर भित्र संचालित ९३ वटा विद्यालयमा करीब एकतिस हजार विद्यार्थिहरु अध्यनरत रहेकाे छ। विद्यार्थिहरुलाइ विद्यालय आवतजावतमा सुरक्षित सडक निर्माणगरि अबाेध बालबालिकाहरूकाे जिवन रक्षा गर्नु प्रमुख उद्येश्य रहेकाे अध्यक्ष थापाले बताउनु भयाे।

विद्यालय क्षेत्रकाे सडक सुरक्षित नहुदा दुर्घटनाका कारण मृत्युवरण हुनुका साथै अंगभंग र घाईतेका कारण देशकाे आर्थिक समृध्दिमा नै नकरात्मक असर परेकाे नाशा फाउन्डेशनका गाेविन्द भटराईले बताउनु भयाे।

कार्यक्रममा उपमेयर बसन्ति श्रेष्ठले याे विषय अतिनै गम्भिर र संवेदनशिल भएकाेले यसमा नगरपालिकाकाे पुर्ण साथ र सहयाेग हुने बताउनुभयाे।

त्यसैगरी मेयर घनश्याम गिरिले याे नगरपालिकाकाे चासाेकाे विषय भएकाे र नगरपालिकाले विद्यालय क्षेत्रका साथ साथै यस नगर क्षत्रकै सडक सुरक्षित निर्माणका लागि नगरपालिकाबाट आवश्यक निति याेजना तथा बजेटकाे व्यवस्था गर्ने बताउनु भएको हो ।

यसै गरि नाशा नेपालका उपाध्यक्ष अनिल बराल ज्युले पनि यस सुन्दर नगरलाई अझै पनि सुन्दर बनाउन सडक सुरक्षा अभियान जरुरी छ बताउनु भएको छ ।