चन्द्रागिरि नगरपालिका वडा नं. ६, ७ र ८ को मतगणना जारी रहँदा उपप्रमुखमा नेकपा एमालेका बसन्ती श्रेष्ठको अग्रता कायमै राखेको छन् ।
पछिल्लो विवरण अनुसार गनिएको १३ हजार ३ सय ४२ मत मध्ये उमपेयरमा ५ हजार १ सय ९१ मत सहित नेकपा एमालेका बसन्ती श्रेष्ठले अग्रता लिएको छ भने गठबन्धन तर्फबाट जनमोर्चाका रोशन दानीले १ हजार ४ सय ८७ मत पाएका छन् ।
यो पदको बदर मत संख्या ४ हजार ५ सय ८१ रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापालियाले जानकारी दिनु भएको हो । मेयर पदको १५४१ मत बदर भएको छ भने २५७ वटा मतपत्र बदर भएको छ ।
Leave a Reply
You must be logged in to post a comment.