
चन्द्रागिरि नगरपालिका वडा नं. १५ को मतगणना जारी रहँदा उपप्रमुखमा नेकपा एमालेका बसन्ती श्रेष्ठको अग्रता कायमै राखेको छन् ।
पछिल्लो विवरण अनुसार गनिएको ३४०६९ मत मध्ये उमपेयरमा १४१०७ मत सहित नेकपा एमालेका बसन्ती श्रेष्ठले अग्रता लिएको छ भने गठबन्धन तर्फबाट जनमोर्चाका रोशन दानीले ४१७९ मत पाएका छन् ।
यो पदको बदर मत संख्या ९४९८ रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापालियाले जानकारी दिनु भएको हो । मेयर पदको ३०३० मत बदर भएको छ भने ५४९ वटा मतपत्र बदर भएको छ ।