चन्द्रागिरि १० वडाध्यक्षमा एमाले ४९८, कांग्रेस २६३ र माओवादी केन्द्र १५८

चन्द्रागिरि नगरपालिका वडा नं  १० र ११  को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १  हाजर   मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १० वडाध्यक्षमा ४९८ मत सहित नेकपा एमालेका शिव कुमार महर्जनले अग्रता लिएको छ भने नेपाली कांग्रेसका निरज प्रजापतिले २६३ र माओवादी केन्द्रका राम कृष्ण महर्जनले १५८ मत पाएका छन् ।

यस चन्द्रागिरि १० मा मेयर पदमा नेपाली काँग्रेसले ३६९ तथा नेकपा एमालेले ५०४ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० मा २२५१ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ७ तथा ९ को मतगणना सकी सकेको छ ।