
चन्द्रागिरि नगरपालिका वडा नं १० र ११ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १ हाजर १ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १० वडाध्यक्षमा ५९५ मत सहित नेकपा एमालेका शिव कुमार महर्जनले अग्रता लिएको छ भने नेपाली कांग्रेसका निरज प्रजापतिले २६५ र माओवादी केन्द्रका राम कृष्ण महर्जनले १६८मत पाएका छन् ।
यस चन्द्रागिरि १० मा मेयर पदमा नेपाली काँग्रेसले ३६९ तथा नेकपा एमालेले ६०३ मत प्राप्त गरेको छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० मा २२५१ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी ९ को मतगणना सकी सकेको छ ।