
चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २४०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ वडाध्यक्षमा ११३१ मत सहित नेपाली कांग्रेसका श्री कृष्ण खत्रीले अग्रता लिएको छ भने नेकपा एमालेका बाल मुकुन्द बिडारीले ९३१ मत पाएका छन् ।
चन्द्रागिरि १३ मा मेयर पदमा नेपाली काँग्रेसले ११३४ तथा नेकपा एमालेले ८६८ मत प्राप्त गरेको छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. १३ मा २६५७ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११ को मतगणना सकी सकेको छ ।