
चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा नेपाली कांग्रेस प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार श्री कृष्ण खत्रीको प्यानल विजयी भएको हो ।
नेकपा एमालेका बाल मुकुन्द बिडारी सहित अन्य लाइ पराजित गर्दै विजयी भएको हो । चन्द्रागिरि नगरपालिका वडा नं. १३ मा २६५८ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि १२ को मतगणना सकी सकेको छ ।