
चन्द्रागिरि नगरपालिका वडा नं १२, १३ र १४ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २००० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ वडाध्यक्षमा ८७५ मत सहित नेकपा एमालेका राज भाइ महर्जनले अग्रता लिएको छ भने नेपाली कांग्रेसका किरण कार्कीले ८३६ मत पाएका छन् ।
यस चन्द्रागिरि १४ मा मेयर पदमा नेपाली काँग्रेसले ७७५ तथा नेकपा एमालेले ९१५मत प्राप्त गरेको छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा ३१३९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि ११ को मतगणना सकी सकेको छ ।