चन्द्रागिरिमा एक जना पुरूष मृत अवस्थामा फेला

चन्द्रागिरिमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्।

चन्द्रागिरि नगरपालिका-२ बसुन्डोलस्थित पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगमा काम गर्ने सोलुखुम्बु चौरीखर्क घर भई काठमाडौं महानगरपालिका-१५ भगवान पाउ बस्ने ४५ वर्षीय बिजित शेर्पा मृत फेला परेका हुन्।

मापसे गरेका कारण उनको मृत्यु भएको हुनुपर्ने प्रहरीले अनुमान गरेको छ ।