
चन्द्रागिरि नगरपालिका वडा नं. ६, ७ र ८ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ वडाध्यक्षमा २३२ मत सहित नेपाली कांग्रेसका सम्भु के.सी ले अग्रता लिएको छ भने नेकपा एमाले श्री हरि थापाले १७७ मत पाएका छन् । यसै नेकपा एसका सुरेन्द्र थापाले ४८ मत पाएका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ७ वडामा २०१९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४ र ५ को मतगणना सकी सकेको छ ।