चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा एमाले अघिअघि काँग्रेस पछिपछि

चन्द्रागिरि नगरपालिका वडा नं. ७, ८ र ९ को मतगणना जारी राखेका छन् ।  पछिल्लो विवरण अनुसार गनिएको १ हाजर मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ वडाध्यक्षमा ४७२ मत सहित नेकपा एमाले श्री हरि थापाले अग्रता लिएको छ भने नेपाली कांग्रेसका सम्भु के.सी ले ३५७ मत पाएका छन् । यस चन्द्रागिरि ७ मा मेयर पदमा नेकपा एमालेले ५२७ तथा नेपाली काँग्रेसले ३५६ मत प्राप्त गरेको छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए । चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा २०१९ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ को मतगणना सकी सकेको छ ।chandragiri ward 7 sambhu kc shree hari thapa