चन्द्रागिरि ८ वडाध्यक्षमा कांग्रेस १०२७ र एमाले ८५४

chandragiri ward 8 santosh khadka vs Pralhad Rijal

चन्द्रागिरि नगरपालिका वडा नं ८, ९ र १० को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको २ हाजर २ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ वडाध्यक्षमा १०२७ मत सहित गठबन्धन बाट नेपाली कांग्रेसका प्रल्हाद रिजालले अग्रता लिएको छ भने नेकपा एमाले सन्तोष खड्काले ८५४ मत पाएका छन् ।

चन्द्रागिरि ८ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा २९०० मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५,६ र ७ को मतगणना सकी सकेको छ ।

chandragiri ward 8 santosh khadka vs Pralhad Rijal