चन्द्रागिरि वडा नं. १ सुवेदी गाउँमा शहरी स्वास्थ्य केन्द्रको शुभारम्भ

चन्द्रागिरि।

चन्द्रागिरि वडा नं. १ सुवेदी गाउँमा शहरी स्वास्थ्य केन्द्रको शुभारम्भ भएको छ।

नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच च न पा -१ सुवेदी गाउँमा शहरी स्वास्थ्य केन्द्रको शुभारम्भ भएको हो।

च न पा -१ का वडाध्यक्ष हरिश्याम रानामगरको सभाध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा नगर उप प्रमुख बसन्ती श्रेष्ठ , नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी, उक्त वडाका जनप्रतिनिधिहरु , पुर्व जनप्रतिनिधिहरु, नगरपालिका स्वास्थ्य शाखा प्रमुख लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो।

भौगोलिक दुरिको कारणले इन्द्रस्थान लगायत आसपासका बासिन्दाले च न पा -१ मा रहेको स्वास्थ्य चौकीको सेवा लिनबाट बन्चित रहेको हुदा त्यस् क्षेत्रका वासिन्दालाई न्युनतम आधरभूत स्वास्थ्य सेवाको सहज सेवा लिन उक्त शहरी स्वास्थ्य केन्द्रको स्थापना भएको कुरा नगर प्रमुखले बताउनु भयो।

इन्द्रज्योती आधारभूत बिद्यालयको २ वटा कोठा प्रयोग गरि शुरु गरिएको उक्त स्वास्थ्य केन्द्रलाई आफ्नै भवन ब्यबस्थापन गर्न नगरपालिकाले पहल गर्ने कुराको जानकारी गराउदै नगर प्रमुखज्युले निकट भविष्यमा च न पा -२ को मसिनेमा पनि शहरी स्वास्थ्य केन्द्र स्थापन गर्ने लक्ष्य रहेको कुरा बताउनु भयो।

चन्द्रागिरि नगरपालिकाको एक महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको रूपमा परिणत हुँदै गरेको यसै इन्द्रस्थान क्षेत्रलाई यो स्वास्थ्य केन्द्रका साथै सडक स्तरोन्नति, सडक बत्ती , सि सि क्यामेरा, निशुल्क वाइ फाइ लगायतका सुबिधा संग जोडेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नगरपालिका अग्रसर रहेको कुरा पनि नगर प्रमुख ले बताउनु भयो।