चन्द्रागिरि नगरको ५०% र उपभोक्ता समितिको ५०% लागतमा उपभोक्ताहरुले योजना माग गर्न आउन नगरको सूचना

चन्द्रागिरि नगरपालिकाले ५०% लागत सहभागितामा संचालन हुने योजना माग सम्वन्धी सार्वजनिक सुचना जारि गरेक छ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरि द्वारा जारि गरिएको उक्त सुचनामा :-

“चन्द्रागिरि नगरपालिकामा नगरपालिकाको ५०% र उपभोक्ता समितिको ५०% लागत सहभागितामा योजना संचालन गर्न चाहने उपभोक्ताहरुले मिति २०७९ श्रावणमसान्त भित्र वडा कार्यालयको सिफारिस सहित योजना माग आवेदन पेश गर्नुहुन
सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पुनश्च:

१) उपभोक्ता समितिले कार्यान्वयन गर्ने योजनाको हकमा लागत सहभागिताको रकम कार्यान्वयनको क्रममा आफैँ खर्च गर्न सकिनेछ ।

२) ठेक्का प्रकृयाबाट संचालन गर्ने योजनाहरुको हकमा भने योजना स्वीकृती पश्चात टेण्डर /कोटेशन गर्नुपुर्व नै उपभोक्ताले व्यहोर्ने ५०% रकम नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ ।”