
आधुनिक सेवा सुविधा सहितको चन्द्रागिरि डिजिटल प्रिन्ट प्रा.लि. आज (पौष १०) बाट शुभारम्भ भएको छ ।
चन्द्रागिरि ११ सतुंगल चोक स्थित उक्त कम्पनीको उद्घाटन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले गर्नुभयो । छपाईसंग सम्बन्धित सुविधा सहित कम्पनीले यस क्षेत्रमा विभिन्न सेवाहरु संचालनमा ल्याएको छ ।
फ्लेक्स प्रिन्ट, स्टिकर प्रिन्ट, क्यानभास प्रिन्ट, फोटो तथा सर्टिफिकेटको फ्रेम होलसेल, विवाहको कार्ड प्रिन्ट, लगायतका सेवा अव सतुंगलमै सहुलियत मुल्यमा पाईने चन्द्रागिरि डिजिटल प्रिन्टी अध्यक्ष सविना खड्गी पराजुलीले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, समाजसेवी इश्वर लामा, च.न.पा ११ वडाध्यक्ष नरेन्द्र श्रेष्ठ, समाजसेवी रमचन्द्र बस्नेत, व्यवसायी भरत प्रसाद पराजुली, व्यवसायी राजेन्द्र श्रेष्ठ लगायत व्यक्तित्वको उपस्थिती थियो ।